• जीवनशैली | Jiwanshaili
  • उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सर्तकता अपनाउन आग्रह


    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण शनिबार बिहानैदेखि देशका धेरै ठाउँमा पानी परेको छ।

    काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ। काठमाडौं उपत्यका भएर बग्ने केही नदी र खोलाको जलाधार क्षेत्रमा शुक्रबार रातिदेखि नै वर्षा शुरु भएको थियो। जसका कारण उपत्यकाका केही नदी र खोलामा पानीको सतह बढेको छ। वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ। त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन्।

    विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो। त्यसैगरी, काठमाण्डौको बागमती, विष्णुमती नदीमा पनि पानीको सतह बढेको छ। धोबीखोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ। काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ। विभागले सनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने नदीमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन भनेको छ।

    काठमाडौं उपत्यकामा भने शनिबार मध्याह्नेदेखि वर्षा हुने क्रम रोकिएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार