मकवानपुरमा ७९ किलो गाँजासहित दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरिले ७९ किलो गाँजासहित दुई जनालाइ पक्राउ गरेको छ।
प्रहरीले ७९ किलो लागुऔषध गाँजासहित दुई जना पैदल यात्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका(५ स्थित परेवाभिर सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार पक्राउ पर्नेमा राक्सिराङ ९ का २० वर्षको प्रताप स्याङ्तान र कैलाश गाउपालिका २ को ४३ वर्षका लालबहादुर स्याङतान छन्।
उनीहरूसँगै आएका अन्य ६(७ जना फरार रहेको र प्रहरीले उनीहरूको खोजी कार्य गरिरहेको निरीक्षक दासले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस