थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश २ ०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्ने २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन्। घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ।
मृतक खड्का नेपाल विद्यार्थी संघका नेतासमेत थिए। प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस