फेरी अर्काे जातीय विभेदकाे घटना, दलित पशु स्वास्थ्यकर्मीलाई गाेठबाटै निकालियाे
गोरखा / गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ७ की प्रिति (अन्जना ) गैरे पशु स्वास्थ कर्मी ( भेजिटिए) हुन्
यही असार ५ गतेदेखि गोरखा पशु विज्ञ केन्द्रले शहीद लखन गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा पुन खोप कार्यक्रम सञ्चालन गरेको थियो । भिमसेन थापाको वडा नम्बर सात र ८ मा पशुलाई खोप लगाउन उनी लगायत उनका सहकर्मी हरु तीन तीन जनाको दरमा बाँढिए ।
प्रितीसँगै लक्ष्मण श्रेष्ठ र विशाल सिर्मल समुहमा बन्याे। ७ गते सोमबार खोप लगाउँदै प्रिति सहितको समुह वडा नम्बर ७ झप्रीमा पुगे । विहान ९ बजेर १० मिनेट गएको थियो । उनीहरु मीरा पौड्यालको घरमा पुगे । यसअघि पशु गणना लिन पनि अन्जाना नै त्यहाँ पुगेकी थिइन् । प्रितिको घर नजिकै थियो मीराको घर । एक अर्कामा चिनजान पनि थियो । त्यहि पनि मीराले सोधिन तिमी मीना गैरैको छोरी होइउ ? अन्जानाले हजुर हो भनेर जवाफ दिइन् ।
भ्याक्सिन लगाउने कुरा भयो मीराको घरमा १२ वटा बाख्रा थिए । एउटा गाइ थियो । तर, एउटा गाइ भर्खर ब्याएको हुनाले खोप नलगाउन मीराको सल्लाहा भयो ।
प्रितिका साथी लक्ष्मण श्रेष्ठले अन्य गाइ भैँसीलाई खोप लगाउने भएकाले उनी माथिल्लो घरमा गाई भैँसीलाई खोप लगाउन गए ।
प्रितिले बाख्रालाई खोप लगाउने भएकाले मीराको घरमा बाख्रालाई खोप लगाउन तयार भईन । विशालले कागजात तयार पार्न थाले । मीराले बाख्रा फुकाइदिउँकी भनेर सोधिन पनि तर, प्रितिले खोेरमा बाधेँर नै सहज हुन्छ भनिन् एउटा बाख्राले खोरबाट मुन्टो निकालेको थियो । उनले बाहिरैबाट भ्याक्सिन लगाइदिइन् ।
अरु बाकी बाख्रालाई खोप लगाउन उनी खोर भित्र नै गइन् अर्को एउटा बाख्रालाई भ्याक्सिन लगाउन मात्रा भ्याकि थिइन, यतिकैमा मीरा कुदेर आइन र भन्न थालिन् तिमी त सार्किको छोरी हाम्रो गोठमा छिर्नु हुदैन यहाँ हाम्रो गाई छ ।
मीराले यत्ति भनि सक्दा प्रिति बाहिर निस्किसकेको थिइन् । ए खोरमा पस्नु हुदैन ठिकै छ भनेर उनले मीरालाइ बा्ख्रा फुकाइदिन भनिन् ।
‘ मेरो मनमा नराम्रो लाग्यो उनलाई आफुले गरेको कामलाई अपमान गरे जस्तो लाग्यो ‘। घटनाको विबरण सुनाउदै उनले जीवनशैलीसँग भनिन् । मीराकाे प्रतिकारपछि उनले विशाललाई भनिन् ‘भाई हामी गोठमा जानु हुदैन रे ?’ विशालले उसाेभए छाडिदिउँ भनेपछि उनीहरू त्यहाँबाट हिँडे ।
यस घटनाले अहिले प्रितिलाई बेचैन बनाएकाे छ । उनले भनिन् ‘यो घरमा आउनु अघि हामीले अरू धेरै घरमा पनि खाेप लगाएका थियाै, अन्त कतै विभेद महशुस भएन ।’
‘ हिजो हामी वडा नम्बर ७ को सबै बाहुन टोलमा गएर आयौँ । त्यत्रो झरी पर्यो आउ बस चिया खाउ । कोठामै बस भन्नेपनि निस्किए,’ उनले सुनाइन्, ‘तर आज मीरा पाैड्यालले गोठमा पनि छिर्न दिनुभएन । त्यति भनीसकेपछी हामी घर गयौँ । त्यहाँ बसेर धेरै बहस गरेनौँ ।’ उनले भनिन्।
जातिय विभेदको घटना भएको महशुस गरेर अन्जाना र विशालले बोर्लाङस्थित स्थानिय प्रहरी चौकीमा जाहेरी समेत दिएका छन् । तर प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा वडामै मिल्न दबाव दिएको छ ।
‘हामीले जातिय विभेदको जाहेरी प्रहरी कार्यालयमा दियौँ । तर, प्रहरीले वडामै मिलाउनु भन्दै मुद्दा दर्ता समेत गरेन,’ उनले जीवनशैलीसँग भनिन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस