मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ
महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ थाक्रे गा।पा। ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गा।पा। २ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाईबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल सुर्यविनायक–१० पलाँसे बस्ने वर्ष २३ का अविनाश तामाङ र दाङ लमही घर भई हाल पलाँसे नै बस्ने वर्ष २२ का आकाश मगरलाई पनि पक्राउ गरेको उनले बताए । मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस