खुकुरी प्रहार गरी घरको आगनमै बुवाको हत्या
आफ्नै बुवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा को दिक्तेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ३७ वर्षीय सुवर्ण राई पक्राउ परेका हुन् । उनलाई आफ्नै ७५ वर्षीय बुवा चन्द्रबहादुर राईको हत्या गरेको आरोप छ ।
उनलाई प्रहरीले सोही वडाको अल्छेढुंगाबाट भागेको अवस्थामा पक्राउ गरेको गजमेरले बताए। राईले बुवाको हत्या किन गरेका हुन् भन्ने खुलेको छैन। चन्द्रबहादुरको घरको आँगनमा हत्या भएको थियो।
छिमेकीले उनको हत्या भएकोबारे प्रहरीलाई खबर गरेका थिए।
चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट खुकुरी पनि बरामद गरेको छ।
मृतक चन्द्रबहादुरको घरमा उनकी श्रीमती, बुहारी, नातिनातिना छन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस