• जीवनशैली | Jiwanshaili
  • सुनसरीमा तीन वटा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु


    सुनसरी । सुनसरीमा तीन वटा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम राजमार्गमा पर्ने सुनसरीको कोशी गाउँपालिका ८ नङ्खुमा बा ३ ख ७२२४ नम्बरको माइक्रोले स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सप्तरीका उदय साह र मोटरसाइकलको पछाडि बस्ने विराटनगरका रामप्रसाद साहको मृत्यु भएको छ ।

    यस्तै भ्यानका चालक अक्षय कुमार गुप्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रोका चालक नुवाकोटका विवश तामाङ र सहचालक नारायण बस्याल घाइते भएका र उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार