• जीवनशैली | Jiwanshaili
  • विषालु च्याउ खाँदा पोखरामा ८ जना बिरामी


    पोखरा । विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका ६ जनासहित ८ जना बिरामी परेका छन् ।

    शनिबार धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ लगेर खाएका पोखरा महानगरपालिका–३३ का स्थानीय एकैपटक बिरामी भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पोखरा–३३ पुँडीका ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लिला, १३ वर्षीय छोरा पूर्ण र तीन छोरीहरू १०, ८ र ६ वर्षका विनिता, अस्मिता र मायासहित ६ जना बिरामी भएका हुन् ।

    यस्तै, सोही ठाउँका ५५ वर्षीय भिमबहादुर पुन र उनकी श्रीमती ५२ वर्षाीय गौमाया पुन रहेका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार