निषेधाज्ञा थप खुकुलो बनाइदै, मंगलबारबाट सार्वजनिक यातायात पनि चल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट जोरबिजोर नम्बरका आधारमा सार्वजनिक यातायात चल्न दिइने तयारी भएको छ ।
आज आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकमा मंगलबारबाट सार्वजनिक यातायात पनि खोल्ने विषयमा सहमति जुटेको हो।
कस्तो मोडालिटीमा सार्वजनिक सवारी खोल्ने भन्ने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार भोलि सोमबार निर्णयहरु सार्वजनिक हुनेछन्।
गएको वैशाख १६ देखि जारी निषेध आदेश खुकुलो बनाउँदै अहिले जोरबिजोर नम्बरका आधारमा निजी सवारीसाधन र ट्याक्सी चलाउन दिइएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस