• जीवनशैली | Jiwanshaili
  • मोटरसाइकल दुर्घटनाबाट मृत्यु


    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार चौधरी सवार मोटरसाइकल आफैैँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युत्को पोलमा ठोक्किन जाँदा दुर्घटना भएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार