दिदीको घरबाट फर्किदै गर्दा हत्या
प्यूठान / अज्ञात समूहले आक्रमण गर्दा प्यूठानमा एकजनाको मृत्यु भएको छ, अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ बर्षिय हेमन्त पुनमगर रहेका छन् । यस्तै घाइते हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ वर्षका सुरेश बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार आइतबार दिदीको घरमा काम गर्न पुगेका ती दुृई युवालाइ घर फर्कने क्रममा अज्ञात समूहले आक्रमण गरेको स्थानीयको भनाई छ ।
राति करिब ८ बजेको समयमा अज्ञात समूहले छोरोका हत्या गरेको मृतकका बुबा गोर बहादुर पुन मगरले बताए । उनले हत्याराको पहिचान नभएसम्म शव नउठाउने अडान लिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस