द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा : ‘मेरो जस्तो दुःख अरूलाई नहोस्’
नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । उन्नाइस वर्षको उमेरमा विवाह गर्नुभएकी उनले लगातार चार सन्तान जन्माइन्।
छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उहाँको सोचाइ थियो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो । श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काए । छोराछोरीको मायाले गर्दा उनले जवानीमै पति बिना एक्लो भएपनि अर्को विवाह गरिन् । विसं २०५६ मा छोरा अमरको विवाह गरिदिदिइन् । उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो ।
त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि रु’ भन्ने उहाँलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाए । एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए । घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘‘म घरको भूइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्” उनलेे भनिन् ।
छोराको चिन्ताले उनलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेच्नु भयो । छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधे । माओवादीको स्थानीय नेतृत्वबाट एक/दुई दिनपछि छोड्ने आश्वासन पाइन् । छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बसे। छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरिन्।
उनको मनको इच्छा न देवीदेवताले बुझे । बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो ।
एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै जानुभएको नन्दकलीसँग बाँच्नुबाहेक अर्को विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् । अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनिमाथि नै आइलाग्यो । अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् ।
तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनिसँग मरेको छोरा सझिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताए ।
अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उनि मुटु र मधुमेहसमेतको बिरामी हुन्छ । पैसा नहुँदा उपचार गर्न सक्नु भएको छैन । अहिले उहाँलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । उनि भन्छन्, ‘‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु’’, उनले भने । जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयांै व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस