८० किलो गाँजासहित दुईजना पक्राउ
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १५ तीनतले झल्ला चौडीबाट ८० किलो प्रतिवन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ८० किलो गाँजासहित दुईजना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका १२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतान रहेका छन् ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।
दुवै जनालाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीका प्रमुख एवम् प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । लालबन्दी प्रहरीले यस आर्थिक वर्षमा २५० किलो गाँजा बरामद गरिसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस