महोत्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु
महोत्तरी । महोत्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।
जिल्लाको मनराशिस्वा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। विष्टका अनुसार चट्याङ लागेर एउटा भैंसीसमेत मरेको छ। सोमबार विहान मनराशिस्वा नगरपालिका वडा नं.५ कटैयाका ८० वर्षीय विशेश्वर राय खेतमा भैँसी चराउन गएको समय अविरल वर्षासँगै परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै वडा नं ४ साढा टोलका ५० वर्षीया प्रेमशिला देवी खेतमा धानको बिउमा मल छर्दै गर्दा मध्यान्ह १२ बजे अविरल वर्षसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता विष्टले बताए।
मनराशिस्वा नगरपालिका वडा नं.४ साँढा टोलकै कारी यादवकी १२ वर्षीया छोरी आशा कुमारी यादव भैंसी चराउन गएका बेला चट्याङ लागेर भैँसी घटनास्थलमै मरेको थियो भने आशा घाइते भएको प्रहरीले जनाएको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस