• जीवनशैली | Jiwanshaili
  • पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु


    काठमाडौं । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

    सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।

    रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।

    चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकरी दिनुभयो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार