पहिरोको जोखिमबाट बच्यो काराङ्गा गाउँ
हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ । बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो ।
लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित यहाँका वासिन्दा ढुक्क भएका छन् । यहाँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए । वर्षासँगै भिरमा रहेको उक्त चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानकारी दिए।
जोखिमपूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको गुल्मपति सेनानी नरेशभक्त अधिकारीले बताउनुभयो । सडक योजना, खार्पुनाथ प्रहरीचौकी र सेनाको टोलीको संयुक्त पहलमा चट्टान फोड्न सहज भएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस