• जीवनशैली | Jiwanshaili
  • किन खाइन्छ असार १५ मा दहि चिउरा ? यस्तो छ महत्व


    काठमाडौं । आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्त्व छ ।

    दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ । तर, यो पम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ । संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दही चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिस्कृत हुँदै रोपाईमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो ।

    यद्यपि यसको सुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन । नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाई छ । पछिल्ला वर्षहरूमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भइरहेको छ । यही भएर सहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिन्छ ।

    ग्रामीण क्षेत्रमा कृषकहरूले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएकाहरुले पनि छरछिमेकबाट मागेरै भए पनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउने गर्छन् । तर सहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भए पनि दही चिउरा खाने गरेका गरिएको छ ।

    असार १५ मा किन खाइन्छ दही चिउरा ?

    दही चिउरा खानु एउटा पुरानो परम्परा भए पनि यो संस्कृतिकै रूपमा विकास भइसकेको छ । एउटा भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर ’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ । यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ । अरू अवसरको महत्त्व जेजस्तो भए पनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।

    यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता पक्कै प्रदान गर्छ नै । दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ , जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस पनि प्रदान गर्छ ।

    हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।

    आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
    दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ ।यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार