पर्सामा चट्याङ्ग लागेर तीन जनाको मृत्यु
पर्सा । पर्सामा चट्याङ्ग लागेर तीन जनाको मृत्यु भएको छ ।
चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २६ वर्षीय रसुल आजगद्दी र जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया असरतोमी देवी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङ्गले लागेको थियो भने असरतोमीलाई खेतमा काम गरिरहेको बेला चट्याङ्ग लागेको हो । चट्याङ्ग लागेर घाइते भएका पाँच जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको वीरगञ्जमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस