लागुपदार्थ र ५ लाख १४ हजार नगद सहित चारजना पक्राउ
झापा । झापाको दमक नगरपालिकाबाट नौ ग्राम ३०० मिलिग्राम लागुपदार्थ ब्राउन सुगर र ५ लाख १४ हजार ३०० रुपैयाँसहित चारजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दमकले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–५ वालुवाथानका २६ वर्षीय बिवेक लिम्बु, २२ वर्षीय शौरभ राई र इलामको चुलाचुली गाउँपालिका–४ घर भई दमक नगरपालिका–५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन् ।
दमक-६ थाना रोडबाट दुई ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागुऔषध विक्रम र खगेन्द्रबाट खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३०० रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो ।
साथै, इलाम चुलाचुली गाउँपालिका–४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस