बारअनुसार सेवा प्रवाह गर्दै मालपोत
स्याङ्जाको वालिङमा रहेको मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । विश्वव्यापी महामारीका रुपमा तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रबिन अधिकारीले बताए ।
कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन भएकाले सोही अनुसार गरिएको उनले बताए ।
कार्यालयले आइतबार र सोमबार वालिङ तथा भिरकोट नगरपालिका, मङ्गलबार र बुधबार चापाकोट नगरपालिका, बिरुवा र हरिनास गाउँपालिका, बिहीबार र शुक्रबार गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मालपोत अधिकृत अधिकारीले बताए ।
कार्यालयले बारअनुसार पालिका छुट्याएको छ भने सीमित मात्रै सेवा सञ्चालन गरेको छ । जग्गा दृष्टिबन्धक, जग्गा फुकुवा, राजीनामा, सामान्य संशोधन, प्रतिलिपिजस्ता सेवा सञ्चालन गरेको भए पनि बकससम्बन्धी सेवा, अंशबन्डा, नामसारी, स्रेस्ता कायम गर्नेलगायत अन्य सेवा तत्कालका लागि बन्द गरिएको छ ।
बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उनले बताए। यसैबीच जिल्ला प्रशासन कार्यालयले यही असार १५ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर यही असार २५ गतेसम्म पु¥याएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस