बाढी र पहिरोका कारण तातोपानी नाका दुई सातादेखी अवरुद्ध
काठमाडौं । बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन ।
गत असार २ गतेदेखि अवरुद्ध सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् भने सडक विभागले सडक खुलाउन सकस परिरहेको बताएको छ ।
सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपाल सडकलाई तलबाट भोटेकोसीले भस्काउने र माथिबाट पहिरो खस्ने समस्याले सताएको बताउँछन् । बाटो बन्द भएपछि स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट, विद्युत गृहका उपकरण, दैवीप्रकोप राहतका सामग्रीहरु ल्याउन समस्या भएको छ । उनका अनुसार सडक खुलाउन विभागका मेसिनहरु सोही ठाउँमा छन् ।
अघिल्लो भागको समस्या समाधान परेपछि मात्रै लिपिङ पुलको भागको मर्मत गर्न सकिने अवस्था छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस