पहिराले पुरिएकाको जीवितै उद्धार
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।
चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उद्धार गरिएको हो । दुवै घाइतेलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । पहिराले ९ बाख्रा र एउटा भैँसी पुरिएर मरेको छ ।
वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ । “बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ”, उनले भने, “उच्च जोखिममा रहेका घरहरुले सामान सारिसकेका छन् ।”वर्षाका कारण बाङ्गे खोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस