• जीवनशैली | Jiwanshaili
  • जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ


    कञ्चनपुर / जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–८ का हर्कबहादुर धामीलाई घरमै लुकीछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

    कञ्चनपुर जिल्ला अदालतको २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार