सत्ती पुल पुन चालु
कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको कर्णाली नदीमा रहेको सत्ती पुल छ दिनपछि पुनः सञ्चालन भएको छ । नदी कटानका कारण अबरुद्ध भएको पुल छ दिनपछि सञ्चालन भएसँगै नागरिकलाई आवतजावतमा सहज भएको छ ।
कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने कर्णाली नदीको पुल भासिएर अवरुद्ध भएपछि नागरिकलाई डुङ्गाको सहायतामा यात्रा गर्नुपर्ने वाध्यता थियो । डुङ्गाको यात्रा गर्न पाँच किलोमिटर टाढा रहेको दौलतपुर घाटमा एक देखि तीन घण्टासम्म पालो कुर्नुपर्ने वाध्यता यहाँका नागरिकलाई थियो ।
पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको स्थानीय भीम विकले जानकारी दिनुभयो । ‘‘कैलाली र बर्दिया जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय बर्दियाको सहयोगमा पुल पुनः सञ्चालन भयो’’, विकले भन्नुभयो, ‘‘पुलको भासिएको ठाउँमा ठूलाठूला ढुङ्गा हालेर खम्बामा अड्याइएको छ । तत्कालका लागि ठूला ढुङ्गाको सहायतामा पुलमाथि ग्राभेल गरी पुलबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।’’
टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बिहीबार बेलुकाबाट सवारी साधन सञ्चालनमा आएको बताउनुभयो । ‘‘नदीले पूर्वतर्फको भाग काट्न थालेपछि पुल जोखिममा परेको हो । उहाँले भन्नुभयो, ‘‘यो दीर्घकालीन समाधान होइन, तत्काल आवतजावतका लागि सञ्चालन गरिएको हो । कर्णाली नदीको कटानबारे दीर्घकालीन समाधानका लागि कैलाली र बर्दियाका सरोकारवालाबीच छलफल भएको छ । अब विकल्प खोज्नुपर्छ ।’’
बुधबार कर्णाली नदीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि कैलाली र बर्दियाको संयुक्त बैठक बसेर नदी नियन्त्रण गर्ने सहमति समेत भएको छ । कर्णाली नदीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि कैलाली र बर्दियाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सिँचाइ, सडक, नदी नियन्त्रण आयोजनाका प्रतिनिधिको संयुक्त बैठकले मिलेर नदी नियन्त्रण गर्ने निर्णय समेत गरेका छन् ।
बैठकले आउँदो वर्ष गिट्टी, बालुवाको ठेक्का नलगाई पालिकाले नै राजस्व उठाउने, गेरुवातिर उत्खनन् गरी कर्णालीको पानी गेरुवातर्फ पनि बाँड्ने, कर्णाली नदीका बीचमा बनिरहेका टापूहरुलाई सफाइ गर्नेलगायतका निर्णय गरेको छ । कैलालीको चिसापानीमा बसेको बैठकमा हुलाकी राजमार्ग सत्तीमा रहेको कर्णाली पुल कटान, टीकापुर नगरपालिकाको शाहीपुर, भुराखानी, राजापुर नगरपालिकाको ट्यूनी, तिघ्रा क्षेत्रमा भएको कटानीका बारेमा पनि छलफल भएको थियो ।
हुलाकी राजमार्ग आयोजना नेपालगञ्ज कार्यालयका प्रमुख गागल भण्डारीले नदीमा पानी धेरै नभएपनि बीचमा थुप्रिएको बालुवा गिट्टीले नदी पल्लो किनारमा धकेल्दा समस्या आएको बताउनुभयो । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर विराट ज्ञवालीले कैलालीतर्फ उत्खनन् धेरै भएकाले पूरै कर्णाली यतै बग्दा टीकापुर र राजापुरमा क्षति बढेको बताउनुभयो । ‘‘नदी उत्खनन् गर्दा ध्यान दिइएको देखिंदैन’’, ज्ञवालीले भन्नुभयो, ‘‘उत्खनन्ले बढी जोखिम बढाएको छ ।’’
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले कर्णाली नदी नियन्त्रणका लागि बनेका संरचनाले थेग्न नसकेकाले चिन्ता बढाएको बताउनुभयो । ‘‘कर्णाली नदीको पानी दुई भङ्गालोमा बाँड्न सक्नुपर्ने वा संरचना बलियो बनाउन प्राविधिकलाई आग्रह गर्छु’’, नगर प्रमुख रावल भन्नुहुन्छ, ‘‘अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष वर्षात्मा रहँदैनन्, यस्ता संरचना बनाउँदा नै ध्यान दिनुपर्छ ।’’
राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले कर्णाली नदीले राजापुरका पाँच वडामा क्षति पु¥याइरहेको बताउनुभयो । ‘‘कर्णाली नदीका बीचमा बनिरहेका टापुहरु हटाउन पहल गर्नुप¥यो’’, नगर प्रमुख चौधरी भन्नुहुन्छ, ‘‘टापुका कारण नदीले धार परिवर्तन गर्न थाल्यो, जसले जोखिम बढ्यो ।’’
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस