बलात्कार आरोपमा दुई युवक पक्राउ
रोल्पा / रोल्पामा बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।
तुलसीपुर उपमहानगर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए।
असार १५ गते राति होटलमा लगेर वलीले ती बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। असार १६ मा वलीलाई पक्राउ गरेर दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।
यस्तै असार १५ गते राति रोल्पाकै गंगादेव २ का २३ वर्षीय देवराज वलीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप छ। उनलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस