नारायणगढ बुटवल सडक दुईतर्फी सञ्चालन
पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो ।
दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारी साधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।
अहिले सो सडकमा सामान्य अवस्थामा नै सवारीसाधन सञ्चालन भइरहेको उनको भनाइ छ । नारायणगढ बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका पुराना पुल हटाएर नयाँ मोटरेबल पुल बनाउनका लागि विभिन्न स्थानमा सडकमा डाइभर्सन गरिएको छ । गैँडाकोट क्षेत्रमा सात ठाउँमा नयाँ पुल बनाउने क्रमसँगै डाइभर्सन निर्माण गरिएकोमा तीन वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस