लागुऔषध गाँजा सहित दुई व्यक्ति पक्राउ
पोखरा महानगरपालिका–११ बाट प्रहरीले लागुऔषध गाँजासहित दुई व्यक्ति पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले ५३५ ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरीको टोलीले मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस