गाँजासहित पोखराबाट दुई जना पक्राउ

पोखरा– पोखरा महानगरपालिका–११ बाट प्रहरीले गाँजासहित दुई व्यक्ति पक्राउ गरेको छ ।
पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले ५३५ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरीको टोलीले मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस