• जीवनशैली | Jiwanshaili
  • सप्तकोसी नदीमा पानीको बहाव उच्च,२८ वटा ढोका खोलिए


    काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि आसपास क्षेत्रमा सतर्कता अपनाइएको छ।

    सप्तकोसी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले केही दिनदेखि पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भएकाले पानीको बहाव उच्च भएको बताए। उनका अनुसार आज पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्युसेक पुगेको छ। बहाव यस वर्षकै उच्च भएको उनको भनाइ छ।

    यो नदीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरी, सप्तरी र उदयपुरका वासिन्दा त्रासमा छन्। पानीको बहाव उच्च हुँदासमेत भारतले कोसी ब्यारेजका २८ वटा मात्रै ढोका खोलेको छ। ब्यारेजमा ५६ ढोका छन्। सबै ढोका नखोलेका कारण आसपासका वस्ती डुबानमा पर्ने जोखिम छ।

    कोसी ब्यारेज आसपास र डुबान भएका क्षेत्रमा सुरक्षाकर्मीहरु उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार