• जीवनशैली | Jiwanshaili
  • जङ्गली हात्ती गाउँ छिर्दा स्थानीय आतंकित, दुई घर भत्कायो


    रौतहट /  रौतहटको चार गाउँमा जङ्गली हातीको प्रवेशले स्थानीय आतंकित बनेका छन् ।

    शनिबार बिहान जङ्गलबाट करिब ३० किलोमिटर दक्षिणको गरुडा नगरपालिकाको शिवनगर, देवाहीगोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिकाको सखुअवा र मिठुअवा सहितको गाउँमा जङ्गली हातीको प्रवेश गरेपटि स्थानीय आतंकित बनेका हुन् ।

    हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।

    जङ्गली हातीले गरुडा नगरपालिकाको शिवनगर र माधवनारायण नगरपालिको मिठुअवामा दुई घर भत्काएको छ । स्थानीयको धानको भकारी जङ्गली हातीले भत्काएको छ । अविरल वर्षा भएसँगै जङ्गली हाती गाउँ पसेको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस