जङ्गली हात्ती गाउँ छिर्दा स्थानीय आतंकित, दुई घर भत्कायो
रौतहट / रौतहटको चार गाउँमा जङ्गली हातीको प्रवेशले स्थानीय आतंकित बनेका छन् ।
शनिबार बिहान जङ्गलबाट करिब ३० किलोमिटर दक्षिणको गरुडा नगरपालिकाको शिवनगर, देवाहीगोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिकाको सखुअवा र मिठुअवा सहितको गाउँमा जङ्गली हातीको प्रवेश गरेपटि स्थानीय आतंकित बनेका हुन् ।
हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।
जङ्गली हातीले गरुडा नगरपालिकाको शिवनगर र माधवनारायण नगरपालिको मिठुअवामा दुई घर भत्काएको छ । स्थानीयको धानको भकारी जङ्गली हातीले भत्काएको छ । अविरल वर्षा भएसँगै जङ्गली हाती गाउँ पसेको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस