गोरखामा खोलाले बगाएर मृत्यु
गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले जानकारी दिए । अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । उहाँको उपचार गर्दागर्दै करिब ११ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । लगतारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो । मतृकको शव परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस