२०४ किलो लागुऔषध गाँजासहित एकजना पक्राउ

जनकपुर । २०४ किलो लागुऔषध गाँजासहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
घरमा लुकाएर राखेको लागुऔषध गाँजा बरामद भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पक्राउ परेका आरोपी महासेठ यसअघि २०७४ साउन १५ गते लागुऔषध गाँजासहित पक्राउ परेका थिए। त्यतिबेला जिल्ला धनुषा अदालतको आदेशअनुसार १ महिना कैद भुक्तानी गरी उनी रिहा भएका थिए।
त्यसको ठीक एक वर्षपछि प्रहरीले महासेठलाई पुनः लागुऔषध गाँजासहित पक्राउ गरेको थियो। जिल्ला अदालतको आदेशअनुसार एक महिनापछि १५ हजार धरौटी बुझाएर महासेठ रिहा भएका थिए । आरोपी महासेठ तेस्रोपटक २ क्विन्टल भन्दा बढी गाँजासहित पक्राउ परेका हुन् ।
आरोपी महासेठमाथि थप अनुसन्धान धनुषा प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस