उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी भएको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आगामी दिनमा हुने निषेधाज्ञाको मोडालिटीबारे तय गरेर सोमबार मध्यरातदेखि लागु हुने गरी एक साता निषेधाज्ञा थप्ने तयारी गरेका हुन् । उपत्यकामा निषेधाज्ञा थप्न आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । ‘उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारीमा छौं । पूर्ण निर्णय भने आइतबार साँझसम्म आउने छ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने ।
गत आइतबार बसेको तीनै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खाद्यान्न, स्टेशनरी, किराना, दूधजन्य, मासुजन्य, डिपार्टमेन्टल स्टोर, साडी, कपडा, हार्डवेयर पसललाई समय तोकेर खुल्न दिने निर्णय गरेको थियो । यस्तै निर्माण क्षेत्रमा आवश्यक यन्त्र, सवारी र २५ सीटभन्दा बढी क्षमताका सार्वजनिक सवारी पनि चल्न दिने निर्णय गरेको थियो । आइतबार बस्ने बैठकले उपत्यकाभित्र चल्ने साना र मझौला आकारका सार्वजनिक सवारी पनि सञ्चालन गर्नसक्ने बुझिएको छ ।
‘सार्वजनिक सवारी खुला गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मापदण्ड बनाएको छ । सो मापदण्डलाई हरेर निर्णय गरिने छ,’ भट्टराईले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस