• जीवनशैली | Jiwanshaili
  • पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता


    पर्वत / पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनिहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोज्नुभएको थियो । बिहान करिब ८ बजेतिर घरबाट निस्केका उनि अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए।

    “उनि मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्करका रहेछन् । झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आएका छैनन्”, शिक्षक गौतमले भने, “छोरा विदेशमा र बुहारी पोखरामा छन् । घरमा रहेकि उनिकी श्रीमतीलाई समस्या भएको छ ।”

    कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उनि कता गए भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उहाँको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार