उपत्यकामा निषेधाज्ञा थपिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । थपिएको निषेधाज्ञामा थप सेवा क्षेत्र खुलाउने विषयमा भने तीन वटै जिल्लाका प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप हुने बताए । उनले निषेधाज्ञा थप भएपनि थप सेवा क्षेत्र खुवाउने विषयमा निर्णय हुने बताएका छन् । यद्यपी सार्वजनिक यातायातका विषयमा पनि केही निर्णय हुन सक्ने उनले संकेत गरे । अहिलेसम्म निषेधाज्ञाका विषयमा कुनै औपचारिक निर्णय भने भएको छैन् ।
यसअघि २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडीलाई जोर(बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको थियो। पसलहरु पनि दिनभरी खोल्न दिने निर्णय भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस