• जीवनशैली | Jiwanshaili
  • टिपरको ठक्करबाट दुई जनाको मृत्यु


    काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

    टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दीपेश थापाको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार