बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बैतडी । बैतडीमा आइतबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ वर्षीय जयसिंह धामी, सोही ठाउँका ४५ वर्षकै मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सिगास गाउँपालिका ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४० वर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको खड्काले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस