बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी । बैतडीमा आइतबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ वर्षीय जयसिंह धामी, सोही ठाउँका ४५ वर्षकै मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सिगास गाउँपालिका ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४० वर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको खड्काले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस