९ दिन देखि हराइरहेकी युवतीको शव फेला
चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ।
आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो।
उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्।
शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।
जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले बतायो।
वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्।
एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस