पाटेबाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।
पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए।
घरबाट दाउरा खोज्न गएपछि हिजो आइतवारदेखि हराइरहेका खत्रीको खोजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको बीओपी भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ भने दुई वर्षयता पाटेबाघबाट २१ र जङ्गली हात्तीबाट दुई गरी २३ जनाले ज्यान गुमाइसकेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस