पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने
काठमाडौं । पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने भएको छ।
कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काल मन्दिर नखोल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए। ‘सरकारले खोल्ने कुनै तयारी देखाएको छैन। हाम्रो पनि तयारी छैन उनले भने‚ तत्काल भक्तजनले दर्शन गर्न पाउँदैनन्।साउनभित्र पनि मन्दिर खुल्छ वा खुल्दैन भनी केही भन्न नसकिने उनले बताए।
साउन महिना भगवान शिवको प्रिय मानिन्छ। त्यसैले साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन्। नेपालमा पुन नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि कोषले वैशाख पहिलो सातादेखि मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो। वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा अझै कायमै छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस