ब्राउन सुगरसहित पक्राउ
दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो ।
घोराही उपमहानगरपालिका –१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नं २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नं को मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनीहरुका साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ । यसैबीच राप्ती गाउँपालिका– १ भालुवाङ रातोडाँडा निवासी २७ वर्षीय एकेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनको घरका कोठामा लागुऔषध लुकाइछिपाइराखिएका अवस्थामा २।३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले सोमबार बरामद गरेको हो । तीनै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस