लागू औषध गाँजासहित २ जना पक्राउ
सुनसरी । सुनसरीमा अबैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
बराहक्षेत्र नगरपालिका ८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागू औषध गाँजा र १ थान नक्कली पेस्तोलसहित २ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका ७ बस्ने २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।
चतराबाट कोशी बाँध हुँदै सवारी साधनमा गाँजा लैजादै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को २ च ११२ नम्बरको भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा र नक्कली पेस्तोलसहित फेला पारी मोटरसाइकल र भ्यानमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
भ्यान चालक र मोटरसाइकलमा सवार १ जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस