बन्यजन्तुको अवैध कारोबार र जुवातासमा संलग्न चीनियाँ पक्राउ
काठमाडौं । दुर्लभ बन्यजन्तुको बन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टाबाजीमा संलग्न चीनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
बाघको छाला, दाँत, कस्तुरीको बिना, गाईको छाला, बुद्वचित्त, रुद्राक्ष सहित प्रहरीले काठमाडौं–१७ ज्याठा क्वाबहालबाट उक्त गिरोह पक्राउ परेको हो । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त गिरोहलाई पक्राउ गरेको हो । चीनियाँ नागरिकले संचालन गरेको होटलमा जुवातास खेलाइरहेको अवस्थामा चार जनाको उक्त गिरोहलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट आठ लाख ८९ हजार एक सय ५५ नेपाली रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेका विद्युतिय टेबल दुई थान, जुवातास खेल्न प्रयोग हुने र महाजोङ खेल्ने प्लाष्टिकको गोटी चार सय १० थान, बिभिन्न कम्पनीका मोबाइल सात थान बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै बाघको छाला एक थान, गाईको छाला एक थान, कस्तुरीको बिना २० थान, बुद्वचित्त नौ सय थान, करिब २० किलोग्राम रुद्राक्ष, बिभिन्न चीनियाँ बैंकका ३५ थान कार्ड, भौचर पाना लेखिएका २५० थान, भौचर पाना नलेखिएका ६८ थान, बाघको दाँत दुई थान, फलामको धारिलो खुकुरी दुई थान र तरबार एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस