कोरोनाका कारण गरिबीको संख्या दोब्बर हुँदै
काठमाडौं । कोरोना महामारीको प्रभावले अधिकांश रोजगारी गुम्दा गरिबीको रेखामुनि पर्नेको संख्या थपिने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा झार्ने बताइरहँदा कोरोनाको कारण आधा गरिबीको रेखामुनि रहेने जनसंख्या दोब्बर हुने देखिएको हो ।
रोजगारीको ठूलो हिस्सा ओगटेका क्षेत्र कोरोना महामारीबाट अति प्रभावित भएकाले उक्त क्षेत्रका रोजगारी गुम्दा गरिबीको रेखामुनि रहेको जनसंख्या बढ्ने भएको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाले अधिकांश क्षेत्रहरु ठप्प छन् ।
केन्द्रीय तथ्यांक विभागका अनुसार, नेपालमा सबैभन्दा बढी व्यत्ति होलसेल तथा रिटेल व्यवसायमा आवद्ध रहेका छन् । तर, सामान्य खुद्रा पसलबाहेक अन्य व्यवसायलाई निषेधाज्ञाले नराम्रोसँग प्रभावित बनाएका कारण यसले उनीहरुको आम्दनीमा प्रत्यक्ष असर गरेको छ । ठूला मलदेखि साना कपडा पसलसम्म बन्द रहँदा त्यसमा आवद्ध व्यक्तिहरुको आम्दानी गुमेको अर्थविद् केशव आचार्य बताउँछन् । कुल रोजगारीको ३०।६ प्रतिशत अर्थात् ९ लाख ८८ हजार व्यक्ति आवद्ध रहेको होलसेल तथा रिटेल व्यवसाय क्षेत्रमा कोरोनाको प्रभाव पर्दा अधिकांशको रोजगारी गुमेको उनको तर्क छ ।
साथै, दुई वर्षदेखि अति प्रभावित बनेको पर्यटन क्षेत्रमा कुल रोजगारीको ११।५ प्रतिशत अर्थात् झण्डै ३ लाख ७१ हजार मानिस आवद्ध रहेको प्रतिवेदनले देखाएको छ । तर, कोरोनाका कारण यो क्षेत्र पनि पूर्णरुपमा ठप्प रहँदा सतप्रतिशत नै आम्दानी गुमेको देखिन्छ । जसकारण यस क्षेत्रसँग आवद्ध २५ प्रतिशत मानिसबाहेक अन्य विस्थापित भइसकेको अर्थविद् आचार्यको आंकलन छ ।
शिक्षा क्षेत्रमा कुल ५ लाख १३ हजार व्यक्ति आवद्ध रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा पनि सरकारी क्षेत्रका शिक्षकबाहेक अन्यले तलब सुविधा नै नपाएको आचार्य बताउँछन् । “शिक्षामा सरकारी शिक्षकहरुले तलब पाइरहेका छन् तर निजी विद्यालयमा पढाउने थोरै शिक्षकले मात्र तलब भत्ता पाएका छन् । यहाँ कार्यरत कतिपय शिक्षक विस्थापित भइसकका छन्,” उनी भन्छन् ।
यस्तै अर्को प्रभावित क्षेत्र २ वर्षदेखि बन्द रहेको कला तथा मनोरञ्जन क्षेत्र हो । यस क्षेत्रमा पनि झण्डै १६ हजार मानिसहरु आवद्ध रहेकोमा सतप्रतिशको आम्दानी गुमेको छ भने अधिकांश विस्थापित भइसकेका छन् ।
कारोबार दैनिकिबाट
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस