घर जोगाउन बाढी तर्काउँदा आफैँ बेपत्ता
आज बिहान ३ः३० बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दासमेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथि रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाइलाईसमेत उठाए ।
चारै जना मिलेर घरमाथिको सडकबाट घरगोठतर्फ आइरहेको भल खोलातर्फ लगाए । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सकेनन्।
बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई आज बिहान बाढीले बगाउँदा बेपत्ता छन् । “कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै”, वडाध्यक्ष जीतबहादुर बस्नेतले भने, “अलिमाथि पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश ग¥यो ।”
राजेन्द्रसँग सडकको भल तर्काइरहेका उनका बुबा कृष्णबहादुर कार्की, भाइ र हजुरबुबा घाइते छन् । “कृष्णबहादुरलाई बाढीले केही तल पु¥याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाइलाई पहिल्यै बाढीको हावाले हुत्याएछ”, बस्नेतले भने, “खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।”
कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अङ्गमा समेत ससाना चोट लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
व्यावसायिक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्णबहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । एघार बाख्राको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । परिवारका छ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताए । सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिराले पुरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस