हिंसा पीडित महिला धेरै
पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८१४ जनाले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितका लागि सेवा उपलब्ध गराएको हो ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दश वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेमा महिलाको सङ्ख्या बढी छ । यो अवधिमा ९८ पुरुष हिंसाको शिकार भएका छन् । बाँकी सबै महिला रहेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिए । हिंसाबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको छ । “हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडित अझै पनि लुकेर बस्नुभएको छ”, भट्टराईले भन्नुभयो, “पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, तर लकडाउनमा कम आए ।”
पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसा पीडित सङ्कट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन जना पुरुष थिए । चालु वर्षमा ८७ जनाले सेवा पाउँदा १७ जना पुरुष छन् । सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हिंसाका कारण आत्महत्या गर्नेको तथ्याङ्क धेरै छ । पीडितमध्ये १५ देखि २९ वर्ष समूहका महिला तथा पुरुषको सङ्ख्या धेरै छ भने जन्मेदेखि १४ वर्ष उमेर समूहका नौ जना बालिका हिंसाको शिकार भएर सेवा लिएका छन् । सेवा लिनेमा बागलुङका ७७ जना, पर्वतका सात जना र म्याग्दीमा पाँच जना पीडित रहेको भट्टराईले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस