५७ किलो ९ सय ग्राम गाँजासहित २ जना प्रकाउ
File photo
मकवानपुर प्रहरीले ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
सो गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले गाडीका चालक चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार चितवनकै वर्ष ४८ को लालजी साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस