• जीवनशैली | Jiwanshaili
  • एक सय ७८ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ


    हेटौंडा । मकवानपुर प्रहरीले छुट्टा–छुट्टै स्थानबाट एक सय ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

    एकजना भने फरार भएका छन् । प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेबाट सवारी चालक चितवन राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साहलाई पक्राउ गरेको हो ।

    चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । त्यस्तै, हेटौंडा–५ स्थित रिलान्स बोर्डिङ स्कूल अगाडि रहेको प्रदेश ३–०१–२२ च ७२३७ नम्बरको पिकअप जिपबाट १ सय २० किलो ९ सय ग्राम गाँजा बरामद भएको छ ।

    पिकअप जिपका चालक भने फरार भएका छन् । मकवानपुर प्रहरीद्धारा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार