दाङबाट बन्दुकसहित सिकारी पक्राउ
दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ ।
अवैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिँडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो दंगीशरण गाउँपालिका वडा नं।२ निवासी २४ बर्षीय मेघराज पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोलीले सामुदायिक वनको ड्वाङड्वाङे चौरमा घरेलु हतियार भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका पुन मगरमाथि थप आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस