घर भत्केर मृत्यु भएका परिवारलाई राहत
अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा र दिदी घाइते भएका छन् ।
मृतकका बुबा आशाराम चौधरीलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट रु दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्च रु २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गरेका थिए । राहत दिन प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले र नगर प्रमुख चौधरी पीडितको घरमै पुगेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस